पैदलयात्रीको मोटरसाइकलको ठक्करबाट मृत्यु

११ कार्तिक २०७७, मंगलवार
सन्केतिक तस्विर

विराटनगर, ११ कात्तिक । पैदलयात्रीको मोटरसाइकलको ठक्करबाट झापामा एकजनाको मृत्यु भएको छ ।

५१ वर्षीय पक्तामाईला चेम्जोङको शिवसताक्षी नगरपालिका १ स्थित पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।

चालक र मोटसाइकलको खोजी जारी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।