धनगढी उप-महानगरपालिका मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

११ कार्तिक २०७७, मंगलवार
तस्विर : जिल्ला प्रहरी कार्यलय कैलाली फेस्बुक वाल

कार्तिक ११

मिति २०७७/०७/१० गते २३:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ३ बोराडाडी स्थित ६ लेन सडक खण्डमा धनगढीबाट अत्तरीया तर्फ जादै गरेको नामथर, वतन समेत खुल्न नआएको अन्दाजी बर्ष २०/२२ को पुरुष ब्यक्तिले चलाएको से. १ प. ८७६१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको पश्चिम किनारामा रोकी खडा गरी राखेको म. १ ख. ६१७ नं. को मिनी ट्रकमा ठोक्किन गई नाम थर ठेगाना खुल्न नआएका से १ प. ८७६१ नम्बरको मोटरसाईकल चालक गम्भिर घाईते भई छटपटाई रहेको अवस्थामा प्रहरी टोलीले फेला पारी उपचारका लागी तत्काल सेती प्रादेशिक अस्पतालमा ल्याईएकोमा उपचारको क्रममा निज मोटर साईकल चालकको मृत्यु भएको र हाल मृतकको शव सेती प्रादेशिक अस्पताल धनगढी कैलालीको शव गृहमा सुरक्षित राखिएकोमा निजको हाल सम्म पहिचान खुल्न नआएको जिल्ला प्रहरी कार्यलय कैलाली ले जनाएका छ ।

तस्विर : जिल्ला प्रहरी कार्यलय कैलाली फेस्बुक वाल

जिल्ला प्रहरी कार्यलय कैलालीले हाल सम्म मृतिकको पहिचान खुल्न नआएको हुदा पहिचान भएमा नजिकको प्रहरी कार्यालय तथा यस कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरेका छ । सम्पर्क न ९८५८४९०१२१

हुलिया बिवरणः-

वर्ण गँहु गोरो उचाई ५ फिट ७ ईन्च पातलो शरिर भएको लामो कपाल पालेको हातमा चाँदीको वाला जस्तो लगाएको तल्लो शरिरिमा निलो रातो ट्राउजर र माथिल्लो शरिरमा खरानी रंगको हुक, खैरो जुत्ता लगाएको

तस्विर : जिल्ला प्रहरी कार्यलय कैलाली फेस्बुक वाल