कैलालीकाे गौरीगंगामा ५ जना जुवाडे माेटाे रकम सहित पक्राउ

१२ कार्तिक २०७७, बुधबार
तस्विर : जिल्ला प्रहरी कार्यालय कैलाली फेसबुक वाल

कार्तिक १२

कैलाली जिल्लाकाे गौरीगंगामा ५ जना जुवाडे माेटाे रकम सहित मंगलबार पक्राउ परेका छन् । जुवा खेलिरहेकाे गोप्य सुचनाका आधारमा प्रहरी कार्यालयकाे कैलाली र  सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल टोलीले मंगलबार मिति २०७७/७/११ गते २१:३० गौरीगंगा-६ स्थित कृष्ण ब.खड्काको कुखुराको खोर(फर्म) बाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएकाे छ ।

जुवा  खेलेकाे अाधारमा पक्राउ पर्नेमा बर्ष-६० को भक्त ब.शाही, बर्ष-३६ को रंग साउँद, बर्ष ४२ को राम ब.साउँद, ४५ को डम्बर शाही, र्ष ५२ को बिर ब. साउँद रहेका छन् ।

प्रहरी टोलीले पक्राउ पर्ने व्यक्तीहरु बाट रु.२,२३,५००( दुई लाख तेईस हजार पाँच सय) र २ गड्डी तास सहित मा फेलापारी बरामद गरि निजहरु लाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएकाे छ ।