Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

नेकपा केन्द्रीय कमिटी बैठक स्थगन

2020-10-28 02-10 | RSS                  


A+ A A-

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कातिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण स्थगित भएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी स्थगित बैठक आगामी मङ्सिर १५ देखि १७ गते आयोजना गरिने जनाइएको छ । आगामी चैतको अन्तिम साताका लागि तोकिएको नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटीले तयारी गर्ने छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय