
१२ कात्तिक, काठमाडौं ।
(कोभिड-१९) ले गर्दा असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका आज (बुधबार)देखि सञ्चालनमा आउने भएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल अनुसार चिनियाँ अधिकारीहरुबाट आजदेखि नेपाली भन्सार यार्डसम्म सामान पठाउन सुरु गर्ने र ‘साँझसम्म तातोपानीमा चीनतर्फबाट सामान ल्याइदिने जानकारी ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले हामीलाई गराएको छ,’ ।
(बुधबार) साँझसम्म नाकाबाट माल वस्तु आयात सुरु हुने र नेपालले नाकामा तयार पारेको आइसोलेसन यार्डमा चिनियाँ ट्रकले माल वस्तु ल्याएर छोडेर जाने।
दैनिक ७ वटासम्म चिनियाँ कन्टेनर नेपालतर्फ आइपुग्ने र नेपालले नाकामा तयार पारेको आइसोलेसन यार्डमा रहेको आइसोलेटेड ठाउँमा चिनियाँले ट्रक छोडर जाने र त्यहाँबाट नेपालीले सामान लोड गर्ने गरी तयारी गरिएको छ ।