आजबाट टीभीमा आइपीएल हेर्न पाइने, अस्थायी जोहो गर्दै

१२ कार्तिक २०७७, बुधबार

काठमाडौं।

आजबाट इन्डियन प्रिमियर लिग (आइपीएल) को नेपाली केबल तथा सेटेलाइट च्यानल अपरेटरहरुले सारण गर्ने भएका छन्।

मेरो टिभीका प्रबन्ध निर्देशक प्रकाश घिमि अनुसार डिभाइन स्ट्रिम नेटवर्क प्रालिले स्टार स्पोर्ट्ससँग मिलेर नेपाली केबल तथा सेटेलाइट अपरेटरहरुलाई च्यानल वितरण गर्न लागको र सबै सेवा प्रदायकहरुले आइपी प्रविधि मार्फत् आजबाट आइपीएलको प्रसारण गर्न लागेको हो ।

स्काई नेटवर्क, च्यानल नम्बर ६०४ मा आजबाट आइपीएल हेर्न सकिने छ र डिसहोमको च्यानल नं ६०० मा स्टार स्पोर्टस् हेर्न सक्नुहुन्छ । इंग्लिस प्रिमियर लिगको प्रसारण बारे अहिलेसम्म टुंगो नलागेको ।