विराटनगरमा ३२  सहित प्रदेश १ मा १३४ सङ्क्रमित थप

१३ कार्तिक २०७७, बिहीबार

पछिल्लो २४ घण्टामा प्रदेश न १ मा ५५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सोही अवधिमा बुधवार ५५६ सङ्क्रमित थपिएका थिए भने हिजै विभिन्न स्थानबाट ७० जना उपचार भएर घर फर्किएका थिए ।

आज सङक्रमित हुनेमा मोरङमा ४२ मध्ये विराटनगरमा ३२, सुनसरीमा ५७, झापामा ३१ र तेह्रथुममा १ र प्रदेश बाहिरका ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १८  हजार ३८४  पुगेको छ भने अहिलेसम्ममा १० हजार १७९  जना निको भएर घर फर्किएका छन् । आजै मात्र यसप्रदेशमा ७० जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा यसप्रदेशमा एक हजार २६१ जना सहित अहिलेसम्ममा कूल एक लाख ५६ हजार ९८८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।