दसैंसँगै इलाममा आन्तरिक पर्यटकको ओइरो

१४ कार्तिक २०७७, शुक्रबार

इलाम। कार्तिक १४

प्रदेश १ को पर्यटकीय जिल्ला इलाममा दसैंसँगै आन्तरिक पर्यटकहरूको चहलपहल बढेको छ। गत कार्तिक ०४ गतेपछि दसैंको चहलपहलसँगै पर्यटकहरू बढेका हुन्।

[caption id="attachment_8482" align="alignnone" width="4160"] लिम्बुहरूको परम्परागत भेषमा सजिएका पाँचथरका नारीहरू[/caption]

जिल्लाको कन्याम, फिक्कल, इलाम, श्रीअन्तु, पशुपतिनगर लगायत क्षेत्रमा विभिन्न जिल्लाबाट इलाम भित्रिने पर्यटकहरू बढेसँगै आन्तरिक पर्यटकहरूको बाक्लो उपस्थिति बढेपछि पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन्। पूर्वका पाँचथर, ताप्लेजुङ, झापा तथा मोरङ र सुनसरीका पर्यटकहरू बढ्न थालेपछि व्यवसायीहरू खुशी देखिएका छन्।

[caption id="attachment_8483" align="alignnone" width="4160"] जातिगत भेषभूषा सजाएर पर्यटकको पर्खाइमा स्थानीय व्यापारी[/caption]

कन्याममा विभिन्न जातिका भेषभूषा पर्यटकका लागि फोटो तथा भिडियो खिच्नका लागि सीमित रूपैयाँमा उपलब्ध गराउँदै आएका उमेश मोक्तान भन्छ्न् 'सात महिनासम्म के खाने भन्ने पीर परिसकेको थियो तर आन्तरिक पर्यटकहरू बढेपछि व्यवसायमा आशा पलाएको छ।' अब फेलि लकडाउन नहोओस् भन्ने आशा पालेका उमेशलाई सरकारले लकडाउन नगरिदिए हुन्थ्यो भन्ने लागेको छ।

[caption id="attachment_8484" align="alignnone" width="1952"] घोडसवारीका लागि तयारी[/caption]

कन्याममा घोडा लिएर दिनभर यात्रु कुर्नुपर्ने बाध्यता यज्ञबहादुर मगरलाई अहिले छैन। घोडा चढेर फोटो खिचाएको मात्र २० रूपैयाँ तत्काल कमाइ हुन्छ भने दुई सय मीटरसम्म हिँडाएको सय रूपैयाँ प्राप्त हुन्छ। तराईतिर बाट गएकालाई घोडा नचढी नहुने हुँदा दैनिक चार हजारसम्म कमाइ हुन थालेको मगरको भनाइ छ।

[caption id="attachment_8485" align="alignnone" width="1952"] कन्याममा रहेको लभ डाँडो[/caption]

सडक छेउमा ललिपप, इलामे चिया तथा छुर्पीहरूको खुद्रा व्यापार गर्न बसेकी शिवमाया राईलाई पर्यटकको भिडले भ्याइ न भ्याइ छ। उनलाई सात महिनासम्म व्यापार नहुँदा सडेर गएका सर-सामानको पीर छ। उनले भनिन् 'करीब तीन लाखको समान बिग्रियो, सो बराबरको कमाइ हुन एक साल लाग्छ।'

[caption id="attachment_8487" align="alignnone" width="4160"] इलामका तयारी वस्तुहरू बिक्री गर्न बसेकी महिला[/caption]

सूर्योदय नगरपालिकामा पर्ने कन्याममा नगरपालिकाले लकडाउन अवधिभर सडक विस्तार, पार्किङको सुविधा, व्यापारिक क्षेत्रमा छुट्टाछुट्टै ठाउँमा राख्ने गरी कार्ययोजना बनाएको छ । सडक विस्तार लगभग ९० प्रतिशत सकिएको छ।

 

बर्षेनी २० देखि ३० लाखसम्म पर्यटक स्वागत गर्ने इलामले अर्बौंको व्यापार गर्दै आएको छ। भारतीय आसाम, पश्चिम बङ्गाल, सिक्किम तथा विहार लगायतका प्रदेश लगायत भुटान तथा बर्माका पनि पर्यटकहरू इलाममा भित्रिने गर्छन्।

 

चिया तथा अलैंची र अन्य नगदेबालीले समुन्नत बन्दै गइरहेको इलाममा लकडाउनले आर्थिक मन्दीकै नजीक पुर्याएको थियो। चाडपर्वहरूले चहलपहल बढ्न थालेको इलाममा वादेशी पर्यटकहरू भने अहिले आएका छैनन्।