गुडिरहेकाे माेटरसाइकलबाट महिला अचानक खसेपछि मृत्यु

१५ कार्तिक २०७७, शनिबार

झापा । कार्तिक १५

झापामा गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते भएकी गौरीगञ्ज गाउँपालिका–५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारको क्रममा मृत्यु भएको छ ।

बिहीबार मोरङको रतुवामाई नगरपालिका–५ लारिकट्टाको भित्री सडकखण्डमा बिहीबार को३७प २२३२ नंको मोटरसाइकलमा सवार ताजपुरिया अचानक खसेकी थिइन् ।

उनलाइ विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएकाे थियाे तर शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले बताएको छ ।

प्रहरीले दुर्घटनामा ती महिला सवार मोटरसाइकल र चालक मोरङ रतुवामाई–५ का २४ वर्षीय धर्मानन्द ताजपुरियालाई नियन्त्रणमा लिएको छ । माेटरसाइकल तीव्र गतिमा रहेकाे कारण महिला खसेकाे प्रहरीले अनुमान गरेकाे छ ।