शनिबार नेपालमा २५०८ जना संक्रमित थप, कूल संक्रमित पाैने दुई लाख नजीक

१५ कार्तिक २०७७, शनिबार

विराटनगर । कार्तिक १५

गत २४ घण्टामा देशभर थप २ हजार ५०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

याेसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । तीमध्ये १ लाख ३१ हजार २२२ जना संक्रमणमुक्त भएका छन् भने ९३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।