केराबारीमा कृषि फर्ममा जुवा खेल्दै गरेको अवस्थामा सञ्चालक सहित पाँच जुवाडे पक्राउ

१६ कार्तिक २०७७, आईतवार

बिराटनगर कार्तिक १६

शनिबार आन्दाजी १७:३० बजे जिल्ला केराबारी गाउपालिका वडा न ६ बस्ने भुपेन्द्र भट्टराइको घरमा जुवा तास खेली रहेको भन्ने विशेष सुचना को आधार मा १ न प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङ बाट खटिएको सन्युक्त टोली ले जुवा तास खेली रहेको अवस्था मा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङ ले जनाएको छ ।

पक्राउ पर्नेमा मोरङ केराबारी गाउपालिका- ६ बस्ने वर्ष ६० को भुपेन्द्र भट्टराइ र वर्ष ४३ को बोधराज मगर छन् । त्यसैगरी  धरान उपमहानगरपालिका - १५ बस्ने वर्ष ३६ को अरुण केसी , वर्ष ३६ को हदी खत्री , वर्ष ३८ को शैलेस भुजेल गरी ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हाे ।

जिल्ला प्रहरी कार्यालय मोरङ अनुसार पक्राउपर्ने हरुबाट १३ बुक तास, स्कुटी थान २, मोटरसाइकल थान २ र नेपाली दरको आठ लाख उन्नाबे हजार २५० बरामद गरिएकाे जनाएको छ ।

[caption id="attachment_8573" align="alignnone" width="1280"] तस्वीर- जिप्रका माेरङ[/caption]