रतुवा खाेलाकाे पक्की पुलमुनि बाँसकाे पुल, जाेखिम माेलेर स्थानीय आवतजावत गर्दै

रबिन्द्र बराल

१६ कार्तिक २०७७, आईतवार

सर्वसाधारणबाट माेटरसाईकल काे ३० रुपैयाँ ,साईकलकाे २० रुपैयाँ र पैदल यात्रीकाे १० रुपैयाँ भाडा

विराटनगर । कार्तिक १६

माेरङ र झापाकाे सिमानामा रहेको रतुवा खाेलामा अहिले पुल मुनि पुल देख्न सकिन्छ । झापाको गौरीगञ्ज गाउँपालिका र मोरङ काे रतुवामाई नगरपालिका काे बिचमा रहेको रतुवाखाेलामा अहिले पुल मुनि बाट माेरङका स्थानीयले बाँस काे पुल बनाएका छन भने झापा ले पनि साेहि खाेलामा बाँस काे पुल बनाएका हुन् । हुलाकी राजमार्ग काे लागि आवतजावतमा सहज हाेस् भनेर निर्माण भएको यो पुल अहिलेसम्म बेकामे बनेको छ ।

https://youtu.be/ta5JttiHHvo

 

२०६५ साउन १ गतेदेखि औपचारिक शिलान्यास गरी निर्माण शुरु गरिएको पुल निर्धारित समयभन्दा झण्डै ५ वर्षपछि २०७२ साल जेठमा सम्पन्न भएको थियो । उक्त पुल १० करोड ४१ लाख ९४ हजार ९ सय २८ रुपैयाँ लागतमा निर्माण गरिएको हो भने साे पुलमा ९ वटा पिल्लर रहेको पुल २ सय ५ मिटर लम्बाइ समेत रहेको छ । दुई तर्फी यातायात सञ्चालन गर्न सकिने साढे सात मिटर चौडाइ रहेको यो पुल अहिले प्रयोगविहीन हुदा स्थानीय बाँसको पुल बाट लडदै हिडन बाध्य रहेका छन ।


करोडौ रुपैैँया लगानी गरेर निर्माण गरिएको पुल सम्पन्न भएको पनि बर्षाे बितिसक्दा समेत साे पुल राम्रोसँग सन्चालनमा आउन सकेको छैन । उक्त पक्कि पुल प्रयोगमा आउन नसकेपछि यहाँका स्थानीय आफैले अर्को पुल बनाएर त्यसको प्रयोग गर्न थालेका छन् ।उनीहरूले पक्की पुलको मुनिबाट बाँसको भाटा प्रयोग गरेर अस्थाई कच्ची पुल बनाएका छन् । उनिहरु ले साे पुल बाट आवतजावत गर्ने सर्वसाधारण हरु बाट माेटरसाईकल काे ३० रुपैयाँ ,साईकल काे २० रुपैयाँ र पैदल यात्री काे १० रुपैयाँ रकम लिने गरेका छन । भने माेरङ बाट जाने स्थानीयले माेरङका स्थानीयले बनाएका पुल प्रयोग गर्ने गरेका छन भने झापा बाट आउने ले झापा ले बनाएकाे पुल बाट आउने गरेका छन ।

पक्की पुल खोलाका बीचमा भएकाले प्रयोग गर्न नमिलेपछि स्थानी बासिन्दाहरूले आफ्नै पहलमा पक्की पुलको आडमा बाँसको भाटाले खोला तर्ने अस्थाइ पुल निर्माण गरेका हुन् । अहिलेसम्म त खोला ठुलो थियो डुङ्गा चल्थ्यो । ‘हामीले डुङ्गा चढेर वारपार गरियो अब पानी घट्दै गयो न डुङ्गा चल्छ न त पानीबाट नै तर्न सकिन्छ । त्यसैले वारिपारि गर्न बाँसको पुल निर्माण गरिएको स्थानीय कैलास श्रेष्ठले बताए ।