जुवा खेल्ने १८ जना रु ११ लाख भन्दा बढी नगद सहित पक्राउ

१६ कार्तिक २०७७, आईतवार

ललितपुर, १६ कात्तिक

ललितपुर प्रहरीले महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीबाट १८ जुवाडे पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा एक व्यक्तिको दुई तले निजी घरबाट तास खेलिरहेको अवस्थामा शनिबार राति प्रहरीले पक्राउ गरेको हो । उनीहरुका साथबाट रु ११ लाख ५५ हजार ५७५ नगदसहित जुवातास खेल्न प्रयोग गरेको १६ थान कौडा पनि बरामद गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी गराउनुभयो । पक्राउ पर्नेलाई जुवातास ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ