Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

विराटनगरमा संक्रमितको शव जलाउनै लाग्दा रगत देखिएपछि तनाव

2020-11-04 03-11 | अभिमन्यु अभिजित                  

प्रतिनिधिमूलक तस्वीर
A+ A A-

विराटनगर । कार्तिक १९

विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शवलाई चितामा राखेर जलाउन खोज्ने क्रममा रगत देखिएपछि मृतकका आफन्तमा कोलाहल भएको थियो। दागबत्ती दिने बेला मुखबाट रगत बगेको देखिएपछि शव जलाउन छोडेर तीन घण्टा आफन्तहरू बसेका थिए।

विराटनगर ११ का ४९ वर्षीय कपडा व्यापारीको मंगलबार बिहान न्यूरो अस्पताल विराटनगरको कोभिड १९ अस्पतालमा मृत्यु भएपछि नेपाली सेनाको शव व्यवस्थापन टोलीले मंगलबार दिउँसो करिब १२ बजे विराटनगर हाटखोलामा रहेको परमबिश्रान्ती घाटमा बनाइएको चितामा शव राखिदिएको थियो ।

घाटमा पुगेर शव हेर्दा अनुहारमा रगत देखिएपछि आफन्तले शवबाट मानव अंग निकालेको आशंकामा चितामा आगो लगाउन अस्वीकार गरी तीन घण्टा बसेपछि स्थिति असामान्य बनेको थियो।

मृतकका छोरा महावीर रौनियारका अनुसार बुबाको शव दिउँसो १२ बजे नेपाली सेनाको टोलीले घाटमा लगिदिएको थियो । ‘मृत्यु हुँदाको समयमा बुबाको शरीरमा रगत थिएन,’ मृतकका छोरा महाबीरले भने, ‘तर चितामा अन्तिम पटक बुबाको मुख हेर्दा रगत देखिएपछि आशंका लागेर दागबत्ती नदिएका हौं ।’

अस्पतालको चिकित्सकको टोलीले मुखबाट रगत आएको र रगत आउने कारण बताएपछि मात्रै शव जलाएका हुन्।

 

न्यूरो अस्पतालक चिकित्सक अनिल मेहताका अनुसार कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको नाक र मुखबाट रगत आउन सक्छ । फोक्सोमा समस्या हुँदा रगत जमेर निस्कन सक्ने उनले बताए । रगत आउन सक्ने कारण बताएपछि आफन्तले अन्तिम संस्कार गरेको उनले बताए ।

 

१४ कात्तिकमा कोरोना पोजेटिभ देखिएका पुरुषको मंगलबार बिहान ३ः५० मा न्यूरो अस्पतालको कोभिड १९ अस्पतालमा मृत्यु भएको थियो । हरि अधिकारीले तयार पारेको यो समाचार अनलाइन खबरबाट लिएका हौं।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय