
विराटनगर । मंसीर ८
प्रधानमन्त्री केपी शर्मा ओली साेमबार ताप्लेजुङमा सामुदायिक स्वास्थ्य केन्द्रकाे उद्घाटन सकेर विराटनगर ओर्लिएका थिए ।
साेमबार दिउँसाे करीब २ः ४५ बजे विराटनगर ओर्लिएका प्रधानमन्त्री ओलीकाे इलामकाे जाैबारी जाने कार्यतालिका रहेपनि त्यहाँकाे खराब माैसमका कारण विराटनगर आएका हुन् ।
कुनै खास कार्यक्रम नरहेपनि प्रम ओलीका साथमा पर्यटनमन्त्री योगश भट्टराई, नेता तथा पूर्व सभामुख सुभाष नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री लगायतकाे जम्बाे टाेलीले प्रदेशकाे भ्रमण गरेकाे थियाे । ताप्लेजुङबाट इलाम जाने भनेपनि त्यहाँकाे माैसम खराब भएपछि विराटनगर आइपुगेका नेताहरू विमानस्थलकाे विशिष्ट कक्षमा बसेका थिए । यद्यपि प्रधानमन्त्री भने हेलिकप्टरबाट झरेका थिएनन् ।
पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री भट्टराईले विशेष कार्यक्रम नभएपनि विश्रामका लागि विराटनगर झरेकाे प्रतिक्रिया दिएका थिए । हेलिकप्टरमा इन्धन हालेर केहीबेरमै काठमाण्डाैँका लागि उडेका नेता तथा प्रधानमन्त्रीकाे टाेली के कामका लागि दिन बिताइरहेका छन् भन्ने स्पष्ट हुन छाेडेकाे छ ।
ताप्लेजुङकाे घुन्सास्थित सामुदायिक स्वास्थ्य केन्द्रकाे उद्घाटन गरेर फर्किएकाे टाेलीले बाँकी कुनै कार्यक्रम नरहेकाे प्रतिक्रिया दिइरहँदा प्रधानमन्त्रीले खुद्रा कार्यक्रम र गतिहीन कार्यकाल भँजाइरहेका छन् भन्ने प्रष्ट हुन्छ ।