रानी भन्सार नाका खोल्न माग

१० मंसिर २०७७, बुधबार

विराटनगर । युथ युनिटी अफ नेपालले रानी भन्सार नाकाबाट आवतजावत सहजीकरण रिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन्।

युथ युनिटीले बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका हुन । कोरोना महामारीका कारण गत चैत्र ११ गतेदेखि बन्द अवस्थामा रहेको अन्तराष्ट्रिय सीमाका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको ज्ञापन पत्रमा उल्लेख छ । यसले जनताको शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र सामाजिक तथा आर्थिक क्षेत्रहरु समेत प्रभावित बनेको संस्थाका कोषाध्यक्ष तनवीर खानले बताउनुभयो ।

जनताको जीवनलाई थप कष्टगर हुन नदिई व्यवस्थित ढङ्गले सीमा क्षेत्र खुला गरि सहजीकरण गरिदिन युवाहरुले माग गरेका छन्।