बिधुत चाेरी गर्ने धुलिखेल निर्माण सेवा सिपालु ।

रबिन्द्र बराल

१२ मंसिर २०७७, शुक्रबार

मोरङको रंगेली नगरपालिका ७ स्थित चिस्याङ खोलाको बगरमा रहेको श्री सन्सारी माई मन्दिरमा प्रदेश नम्बर १ सरकारले १० कराेड ३३ लाख ३९ हजार २ सय २७ रुपैयाँ बराबरको लागतमा मन्दिर परिसरमा आवश्यक पुुर्वाधार निमार्ण कार्य सुरु भए पछि गरेको छ ।

तर धुलिखेल निर्मान सेवा प्राईभेट लिमिटेड ले भने बिधुत पाेल बाट हुक लगाएर बिधुत चाेरी गरेर निर्माणकार्य गरेको पाईएकाे छ । नेपाल बिधुत प्राधिकरण रंगेली ले उक्त हुकिङ गरेकाे तार , पानी पटाउने माेटर भने नियन्त्रणमा लिएको थियोे ।

प्राधिकरणले उक्त कम्पनी लाई २ हजार रुपैयाँ जरिवाना लिएर साे सामान छाडिएको रंगेली प्राधिकरण का प्रमुख अबधेश गुप्ताले बताए । यता धुलिखेल निर्माणका प्रमुख गनु चाैलागाई ले भने आफू हरुले चाेरी गर्ने नियत ले हुकिङ गरेर बिधुत नचाेरीएकाे भन्दै पन्छिन खाेजे ।

केही महिना अगाडि समेत साेहि ठाउँ नजिकै कालिका कन्ट्रक्सन ले समेत हुकिङ गरेर बिधुत चाेरी गरेर काम गरेको समेत भेटिएको थियोे । यसरी नाम चलेका ठुला कम्पनी हरु ले नगरेको बारम्बार यस्तो हर्कत गर्ने गरेको पाईएकाे हाे ।