
सत्तारुढ नेकपाको सचिवालय बैठक पुन: १६ गते बस्ने गरी सकिएको छ ।
आजको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गरेका छन् । अब दुवै अध्यक्षका प्रस्तावको अध्ययन गरी १६ गते अर्को बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको पनि उनले बताए ।
बैठकमा ओली, प्रचण्डसहित सचिवालयका ४ नेताले आफ्नो धारणा राखेको बताइएको छ ।