विराटनगरमा ५३ सहित प्रदेशभर १७७ संक्रमित थपिए, ४२१ जना संक्रमण मुक्त

१४ मंसिर २०७७, आईतवार

विराटनगर । माेरङकाे विराटनगरमा ५३ जना सहित प्रदेश १ भर १७७ जना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार गरिएकाे ८७१ पिसीआर परीक्षणमा साे संख्यामा संक्रमण देखिएकाे हाे ।

मन्त्रालयका अनुसार जिल्लागत तथ्याङ्कमा मोरङमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९, संखुवासभामा ८, सोलुखुम्वु र उदयपुरमा ३–३, पाँचथर र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका १३ जना रहेको छ ।

मोरङकै सुन्दरहरैचामा ४, बेलबारीमा ३, कटहरी र पथरीशनिश्चरेमा २–२, ग्रामथान, रतुवामाई,बुढीगंगा र स्थानीय तह नखुलेका १–१ थपिएका छन् भने  झापाको झापा गाउँपालिकामा १४, दमकमा ९, अर्जुनधारामा ६, विर्तामोडमा भद्रपुर र हल्दिबारीमा २–२, गौरीगञ्ज, कनकाई र गौरादहमा १–१ छन् ।

उता इलामकाे इलाम नगरपालिकामा २०, देउमाईमा १, सुनसरीको इटहरीमा १०, इनरुवामा ३, बराहक्षेत्र र देवानगञ्जमा २–२, हरिनगर र दुहवीमा १–१ जनामा संक्रमण देखिएकाे छ ।

संखुवासभाको खाँदबारीमा ४, चैनपुर, चिचिला, मकालु र पाँचखपनमा १–१,सोलुखुम्वुको थुलुङ दुधकोशीमा ३, उदयपुरको त्रियुगामा २, चौदण्डीगढीमा १, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङमा २ र र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म १ लाख ९० हजार ३७३ जनाको पीसीआर परीक्षण गरिएको  छ भने कूल संक्रमित २७ हजार ३६ जनामा संक्रमण भएकाे छ ।

आइतबार  प्रदेशमा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । जसमा होमआईसोलेसनबाट ३८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट ७ र मेची अस्पतालबाट १ जना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

आइतबार मात्रै ४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ३७२ जनाले ज्यान गुमाइसकेका छन् । मन्त्रालयकाे तथ्याङ्कमा अझै ४ हजार ४८१ जना सक्रिय संक्रमित विभिन्न आइसाेलेसनमा उपचाररत रहेका छन् ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित माेरङका १६ हजार ५९९ जना छन् भने सबैभन्दा कम भाेजपुर र आेखलढुङ्गाका ३०-३० जना रहेका छन् ।