आफ्नै घरकाे २६ लाख नगद चाेरेर प्रहरीमा पुगेपछि

१५ मंसिर २०७७, सोमबार

काठमाडौं । राजधानीमा एउटा अपत्यारिलाे घटना घटेकाे छ ।

ललितपुरको महालक्ष्मी–१ का सानुकान्छा पोडेकाे घरबाट २६ लाख नगद र सुनचाँदीका गहना हराएपछि श्रीमतीसहित प्रहरीमा पुगेका थिए । तर अनुसन्धानबाट श्रीमतीले नै लुकाएकाे अवस्थामा भेटिएकाे प्रहरीले जनाएकाे छ ।

श्रीमती कान्छी पोडेसँग आइतबार दिउँसो ललितपुर प्रहरी परिसर, जावलाखेलमा पुगेका पाेडेकी कान्छीले आफूमाथि घरेलु हिंसा भएको बताएकी थिइन् । साेही साँझ नगद तथा गहनाहराएकाे खबर प्रहरीमा पुगेपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा उनै श्रीमतीले लुकाएकाे अवस्थामा पाइएकाे हाे ।

पाेडेकाे घरमा प्रहरी पुग्दा उनी पुग्दा ढोका र दराज फोडिएको अवस्थामा भेटिएको थियो भने सामान पनि यत्रतत्र छरिएका थिए  । कुनै चाेर नै पुगेर चाेरी गरेकाे खालकाे संकेत प्रहरीले पनि पाएकाे थियाे । यद्यपि अनुसन्धानका क्रममा घरमा कुनै नयाँ व्यक्ति आएको नदेखिएपछि घटना शैकास्पद देखिएकाे प्रहरीले बताएकाे छ ।

प्रहरीले घरका सदस्यतिरै अनुसन्धान गर्दा श्रीमतीले लुकाएकाे भेटिएकाे हाे । प्रहरीले कान्छीलाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएकाे छ ।

प्रहरी डीएसपी विश्वबन्धुका अनुसार कहीँबाट लगानी गरेको पैसा फिर्ता आएको र त्यही पैसा परिवारका अन्य व्यक्तिलाई बाँड्नु नपरोस् भनेर महिलाले चोरीको नाटक गरे जस्तो देखिएकाे हाे । अनुसन्धनमा पाेडे दम्पती जावलाखेल पुगेकाे समयमा चाेरी भएकाे देखिएकाे हाे । यसबारे कान्छी माैन रहेकाे प्रहरीकाे भनाइ छ ।

डीएसपी शर्माका अनुसार ‘कानुनतः अभियुक्तलाई नबोली बस्न पाउने अधिकार पनि छ, त्यसैले जबरजस्ती केही साेधिएकाे छैन । प्रहरीले प्राविधिक पक्षको अनुसन्धान र विश्लेषण गरेर महिलाले अन्य कुनै व्यक्तिलाई प्रयोग गरेर चोरीको नाटक गरेको हुनसक्ने आंशकामा छानविन गरिरहेको छ । कान्छीले यसबारे कुनै याेजन श्रीमान्लाइ थाहा नदिएकाे खुलेकाे छ । अनावश्यक दुःख दिइएकाले कान्छीमाथि अनुसन्धान गरी कारबाही गरिने प्रहरीकाे भनाइ छ ।

जग्गा किन्न राखिएकाे पैसामा कुरा नमिलेपछि याे खालकाे नाटक मञ्चन गरिएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ ।