पाँच दिनदेखि बेपत्ता किशाेरकाे हत्याकाे अभयाेगमा एक पक्राउ

१५ मंसिर २०७७, सोमबार
अभियुक्त झा

विराटनगर । पाँच दिनदेखि बेपत्ता सुनसरीकाे दुहवीका एक किशाेरकाे हत्याकाे अभियाेगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुहवी नगरपालिका-२ का २० बर्षीय सुमन झा रहेकाे प्रहरीले जनाएकाे छ ।

पाँच दिनदेखि बेपत्ता सुनसरीकाे दुहवीका एक किशाेरकाे शव झाडीमा भेटिएकाे थियाे । पाँच दिनअघि हराएका दुहवी नगरपालिका–२ का १७ वर्षीय किशाेर सुजननारायण चौधरीको शव फेला परेपछि अनुसन्धान गर्दा झालाई पक्राउ गरी साेधपुछ गर्दा हत्या गरेकाे खुलेकाे प्रहरीले जनाएकाे छ ।

झाडीमा भेटिएकाे किशाेरकाे शव

इलाका प्रहरी कार्यालय दुहवीका अनुसार गत मंसीर १० गतेदेखि हराइरहेका चाैधरीकाे शव दुहवी २ स्थित शुभलक्ष्मी उद्योगपछाडि रहेको झाडीमा फेला परेकाे थियाे ।

स्थानीय  विद्यालयमा कक्षा ११ मा अध्ययनरत चौधरीको अपहरणपछि हत्या भएकाे प्रहरीले जनाएकाे छ । किशाेर बेपत्ता भएकै दिन उनकाे  आमाको मोबाइलमा अज्ञात व्यक्तिले पैसा माग गर्दै धम्की दिएकाे बुझिएकाे छ । फिराैतीकाे माग गर्नका लागि हत्या गरिएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ ।

घटना शंकास्पद भएकाले अनुसन्धान गर्दा झा पक्राउ परेका थिए । चाैधरीकाे शव अहिले धरानस्थित वीपी क्याम्पमा पाेस्टमार्टमका लागि पठाइएकाे प्रहरीकाे भनाइ छ ।