कुटपिट गरी प्रधानकाे ज्यान लिने तीन जना पक्राउ

१५ मंसिर २०७७, सोमबार
तस्वीर- १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगर
झापा । झापाको मेची नगर नगरपालिका-४ का ५० बर्षीय पुर्ण बहादुर प्रधानलाई कुपटीट गरी हत्या गरेको आरोपमा ती जना पक्राउ गरेका छन् ।  पक्राउ पर्नेमा साेही ठाउँका २५ बर्षीय दिवश लुङगेली मगर, ५५ बर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ बर्षीय बिशाल तामाङ छन् ।
गत असोज १४ गते सामान्य बादबिबादको विषयलाई लिएर यो तिन जनाको समुहले प्रधानलाई निर्घात कुटपिट गर्दा घाईते भएका प्रधानको उपचारको क्रममा मंसिर १४ गते राती साँढे ९ बजे मृत्यु भएको थियो ।
घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका तिनै जनालाई पक्राउ गरेकाे थियाे । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।