
विराटनगर । माेरङकाे विराटनगरमा ४९ जना सहित प्रदेशभर २२६ जना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार साेमबार १०५३ जनाकाे पिसीआर परीक्षण गरिएकाेमा साे संख्यामा संक्रमण देखिएकाे हाे ।
मन्त्रालयका अनुसार जिल्लागत तथ्याङ्कमा मोरङमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५–५, संखुवासभा, तेह्रथुम, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना थपिएका छन् ।
मोरङकै बुढीगंगामा ६, पथरीशनिश्चरेमा ४, उर्लाबारी र बेलबारीमा ३–३, सुन्दरहरैचा र कानेपोखरीमा २–२, रंगेली, ग्रामथान र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ४ जना रहेका छन् ।
उता सुनसरीको धरानमा १७, इटहरीमा १६, इनरुवा र बराहक्षेत्रमा ४–४, कोशी गाउँपालिकामा २, बर्जु, दुहवी, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएकाे छ ।
झापाको भद्रपुरमा १०, विर्तामोडमा ९, कनकाईमा ७, शिवसताक्षीमा ४, दमक र बुद्धशान्तिमा ३–३, मेचीनगर, अर्जुनधारा, गौरादह र झापा गाउँपालिकामा २–२, र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएकाे छ ।
ताप्लेजुङको फुङलिङमा १३, पाथीभरा याङ्वरकमा ८, उदयपुरको चौदण्डीगढीमा ५, त्रियुगामा २, कटारी र स्थानीय तह नखुलेका १–१ जना हरेकाे म्नत्रालयले जनाएकाे छ ।
इलामको इलाम नगरपालिकामा २, सूर्योदय, देउमाई र मांसेबुङमा १–१ जना थपिएका छन् भने धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा २–२, शहिदभूमिमा १, संखुवासभामा १, तेह्रथुमको म्याङलुङमा १ जना छन् । भाेजपुरमा १ जना सहित पाँचथरको फिदिममा १ जना सहित प्रदेश बाहिरका १३ जनामा संक्रमण देखिएको छ ।
याेसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २७ हजार २६२ पुगेको छ ।
साेमबार विभिन्न हाेम आइसाेलेसनबाट १०० जना र विराटनगरकाे न्युराे अस्पतालबाट २ जना गरी १०२ जना डिस्चार्ज भएका छन् । याेसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या पनि २२ हजार २८५ पुगेको छ ।
गत २४ घण्टामा ४ जनादे ज्यान गुमाएका छन् भने हालसम्म् ज्यान गुमाउनेकाे संख्या ३७६ पुगेकाे छ । अहिले ४ हजार ६०१ जना सक्रिय संक्रमित उपचारका क्रममा छन् ।