धरानमा एनआइसी एशिया बैंकको एटिएम फुटाएर चोरी (भिडियो सहित)

१ माघ २०७७, बिहीबार

धरान, १ माघ । धरनमा एनआइसि एसिया बैंकको एटिएम फुटाएर चोरी भएको छ । आइतबार साँझ एनआइसि एसिया बैंकको धरान शाखाको एटिएम फुटाएर चोरी भएको होे ।

चोरीमा संलग्न भएका कोशी गाँउपालिका–३ का सुभान मन्सुरी पक्राउ परेका छन् । आइतबार साँझ ७ बजेको समयमा एनआइसि बैंकको धरान शाखाको मुख्य कार्यालय धरान–१२ स्थित महेन्द्र पथमा रहेको एटिएम फुटाएर चोरी भएको थियो । चोरी गर्दै गरेको भिडियो सिसिटिभीमा कैद भएको थियो ।

उक्त भिडियोलाई आधार बनाएर खोजी गर्दा सोमबार साँझ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उनी पक्राउ परेका थिए । एटिएम फुटाएर कति रकम चोरी भएको थियो भन्नेबारेमा प्रहरीले केही खुलाएको छैन ।

कोशि गाउँपालिका–३ घर भएका मन्सुरी धरान–३ स्थित साहिदा खातुनको घरमा डेरा गरी बस्ने गरेको सुनसरी प्रहरीले जनाएको छ ।श्रोत: औजार न्युन डट कम