झापाको बुद्धशान्तिबाट ब्राउनसुगर सहित २ जना पक्राउ

१ माघ २०७७, बिहीबार

झापा, १ माघ । झापाको बुद्धशान्ति गाउँपालिका–३ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४१ बर्षीय दिनेश कुमाल र ४३ बर्षीय शेषराज सापकोटा रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टावाट खटिएको प्रहरी टोलीले स्थानीय कुमाललाई ४ ग्राम लागूऔषध ब्राउनसुगर र नगद ४ हजार सहित तथासापकोटालाई १० ग्राम ब्राउनसुगर, कोडिन ३ बोतल, नाईट्रोजन २० चक्की, डिजिटल तराजु–१ थान र मोवायल थान–२ सहित पक्राउ गरेको हो ।