विराटनगरमा फोटोग्राफीका लागि बोलाएर सामान चोरी गर्ने पक्राउ

२ माघ २०७७, शुक्रबार

विराटनगर, २ माघ । फोटोग्राफिका विभिन्न सामाग्रीसहित फरार व्यक्ति र उनका सहयोगीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–६ महानन्द चोकका २० वर्षीय अनुप ढकाल र उनका सहयोगि २० वर्षीय सारांस ढकाल रहेका छन् । कास्कीको पाखेरा महानगरपालिका–२० का स्थित योर डिजिटल फोटो गुड सेन्टरका सञ्चालक २८ वर्षीय विमल कार्कीलाई फेसन सोमा फोटोग्राफीका लागि भन्दै विराटनगर बोलाएर उनकै सामाग्री चोरी गर्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्कीको क्यामरा लाईट ब्याट्री ५ थान, चार्ज गर्न मिल्ने ब्याट्री ६ सेट, मेमोरी कार्ड ६ थान, ड्रोन क्यामेरा १ थान, क्यामरा ब्याट्री ६ थान, रिफ्लेक्टर १ थान, माइक २ थान , पावर बैंक ३ थान, ट्रिगर २ थान, ब्याट्री चार्जर ६ थान, ल्याप टप १ थान, झोला ७ थान, क्यामरा ३ थान, लाईट १ थान चोरी भएको थियो ।

कार्कीलाई ढकालले फोन मार्फत विराटनगरमा हाम्रो भब्य फेसन सोमा फोटो खिच्ने कार्यको लागि भन्दै ४ हजार रुपैयाँ इसेवा मार्फत पठाएर विराटनगर बोलाएकोमा पुस २५ गते पोखराबाट आई मोरङका बुढिगंगा गाउँपालिका–१ स्थित स्थित आर एन होटल एण्ड लजको ११४ नम्बर कोठामा फोटो ग्राफी सम्बन्धी सम्पूर्ण सामाग्रीहरू राख्न लगाई खाना खाने बहानामा जिल्ला सुनसरी इटहरी स्थितमा रहेको प्राईम होटलमा लगी उनलाई त्यही छाडेर सो आर एन होटलबाट फोटोग्राफी सम्बन्धी सामाग्री चोरी गरी फरार भएका थिए ।

सामान चोरी गरि फरार रहेका ढकाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनको आफ्नै घरबाट माघ १ गते निजका सहयोगीसहित पक्राउ गरेको हो ।