Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

राउण्ड टेवल विराटनगर सेन्ट्रल १५ द्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

2021-01-24 12-01 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, ११ माघ । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको राउण्ड टेवल विराटनगर सेन्ट्रल १५ ले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । मोरंगको रंगेलीस्थित महेश्री मेही आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोबाट बच्न जुत्ता, मोजा, स्वीटर लगायतका न्यानो कपडा वितरण गरेको हो ।

राउण्ड टेवलका पदाधिकारी तथा सदस्यहरुको उपस्थितीमा सो विद्यालयमा अध्ययनरत १ सय ६० जना विपन्न परिवारका बालबालिकालाई न्यानो कपडाका साथै खाजासमेत वितरण गरिएको जनाइएको छ ।

अत्याधिक जाडोमा न्यानो कपडा पाएपछि विद्यार्थीहरु खुशि भएका थिए । सो अवसरमा चिसोबाट विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरि सहयोग गरेकोमा विद्यालयले धन्यवाद ज्ञापन गर्दै राउण्ड टेवल विराटनगर सेन्ट्रल १५ को सामाजिक कार्यका लागि उच्च प्रशंसा समेत गरेको छ ।

राउण्ड टेवल विराटनगर सेन्ट्रल १५ ले लगातार १० वर्षदेखि सो विद्यालयका विद्यार्थीलाई जाडोमा न्यानो कपडालगायतका सामाग्री वितरण गर्दै आइरहेको छ । त्यस्तै राउण्ड टेबलले १० वर्षदेखि सो विद्यालयमा विभिन्न सहयोगहरुसमेत गर्दै आएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय