Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

प्रदेश १ का स्थानीय तहमा सवैभन्दा धेरै भ्रष्टाचार

2021-01-24 09-01 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, ११ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश स्तरको बार्षिक प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुखलाई बुझाएको छ । आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा अख्तियारको कार्यलय इटहरीले प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)लाई आर्थिक बर्ष ०७६÷७७को प्रतिवेदन बुझाएको हो ।

अख्तियारको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख सोमनाथ प्यासीले तीनै तहको सरकार अधिकार सम्पन्न भएकाले अधिकार भएकै ठाउँमा कैफियत पनि हुने संभावना भएकाले निगरानी बढाउन अख्तियार अनुसन्धान आयोगलाई आग्रह गरे ।

प्यासीले स्रोत साधनको सीमितिका वीच पनि अख्तियारले उल्लेख्य काम गरेको भन्दै प्रशंसासमेत गरे । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख प्रकाश पौडेलले प्रदेश १ मा स्थानिय तहमा धेरै भ्रष्टाचार भएको बताए ।

प्रदेश स्तरमा स्थानिय तहमा भएको ३० प्रतिशत उजुरी अख्तियारमा पर्ने गरेको छ । यस्तै शिक्षामा १६.३६,भूमि प्रशासनमा ८.२९, नक्कली शैक्षीक प्रमाणपत्रका बारेमा ७.६३ प्रतिशत उजुरी परेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ । अख्तियारको इटहरी कार्यालयमा गत वर्ष १ हजार ८ सय ८२ मुद्धा दर्ता भएको र ८ सय ३४ मुद्धा फस्यौट भएको पौडेलले जानकारी दिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय