Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

निर्वाचन आयोगले नेकपाका दुवै समुहलाई मान्यता दिएन

2021-01-24 09-01 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, ११ माघ-निर्वाचन आयोगले नेकपाका दुवै समूहका अध्यक्षलाई आधिकारितको दाबी अभिलेखीकरण गराउन नमिल्ने जानकारी गराउने भएको छ ।  आज बसैको आयोगको बैठकले दुवै पक्षबाट प्रस्तुत भएका कागजपत्र र जवाफका आधारमा आधिकारिकताको दाबी गराउन नमिल्ने ठहर गर्दै दुवै समूहका अध्यक्षलाई जानकारी गराउने भएको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

'दुवैको पेस गरेको विवरण संशोधन आधिकारिकताको दाबीलाई वैध ठहर्‍याउन नसक्ने कुरा दुवैतर्फका अध्यक्षलाई जानकारी गारउने निर्णय गरेको छ ।'

विवरण संशोधन गर्दा कानुनसम्मत नदिएकाले आयोगले साविककै विवरणअनुसार अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' नै रहेको विवरणका विषयमा जानकारी गराउने निर्णय भएको उनले बताए । विभाजन अघिको कमिटी मात्रै आधिकारिक हुने आयोगको भनाइ छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय