Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

2021-01-24 09-01 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, ११ माघ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । आज थप सात जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर दुई सय ७० जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६९ हजार चार सय ५० पुगेको छ । नेपालमा आज थप चार सय तीन सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६४ हजार एक सय ३७ पुगेको छ । हाल तीन हजार तीन सय १२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय