Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

शेयर चलखेलबारे तीन दिनभित्र स्पष्टीकरण बुझाउन एनसीसी बैंकलाई नेप्सेको पत्र

2021-01-24 10-01 | Hamro Biratnagar                  


A+ A A-

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनसीसी बैंकलाई स्पष्टीकरण सोधेको छ । नेप्सेले आइतबार शेयरमूल्यमा असर पार्ने किसिमका गतिविधि गरेको आशंका गर्दै स्पष्टीकर माग गरेको हो ।

नेप्सेले सूचना जारी गर्दै शेयर मूल्यमा प्रभाव पार्ने कुनै पनि किसिमको निणर्य भएको भए तीन दिनभित्र जानकारी दिन बैंकलाई निर्देशन दिएको हो ।

यसअघि बैंकले गत ९ माघमा साधारणसभा गर्दा मर्जरमा जाने कुराबाहिर ल्याएसँगै बैंकको आइतबार नै शेयरमूल्य १० प्रतिशत अर्थात् ३३ रुपैयाँले बढेको छ भने डिमाण्ड पनि बढेको छ ।

आफूभन्दा बलियो संस्था भन्दै नबिल बैंक र प्रभू बैंकसँगको अनौपचारिक छलफलको कुरा बाहिर आएपछि त्यसबारेमा जानकारी माग्दै नेप्सेले बैंकलाई पत्र काटेको हो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय