नेपाल रेडक्रस सोसाइटी द्वारा ७३ परिवार लाई कम्बल बितरण

१२ माघ २०७७, सोमबार

विराटनगर, १२ माघ । चिसो मौसममा न्यून आर्थिक स्थिति भएका परिवार लाई सहज होस भनेर नेपाल रेड क्रस सोसाइटीले कम्बल वितरण गरेको छ । रेडक्रसले मोरङको जहदा गाउँपालिकाका, विराटनगर–१८ र वडा नं. ७ का ७३ परिवार लाई जाडोबाट बच्न कम्बल बितरण गरेको हो ।

कम्बल नेपाल रेडक्रस सोसाइटी मोरङका सभापती सुबोध सिंहले एक कार्यक्रमबाबिच वितरण गरे । कम्बल दुई चरणमा बितरण गरिएको छ । जहाँदा गाउँपालिका वार्ड नम्बर ७ मा स्थानिय लक्ष्मिनिया युवा क्लबसँगको सहकार्यमा बितरण गरिएको थियो । साथै जहाँदा १ र बिराटनगर १८ मा सामाजसेवी बिरेन्द्र मन्डलले सहकार्यको भुमिका खेलेका थिए ।