Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

पशुपतिनाथ पुगेर प्रधानमन्त्रीले गरे विशेष पूजा

2021-01-25 11-01 | Hamro Biratnagar                  


A+ A A-

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन् ।

पत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ पुगेका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । सो अवसरमा ओलीले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिएका थिए ।

पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उनले कोषका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी थिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय