उच्च अदालत बार एसोसिएसन विराटनगरको नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति गठन

१२ माघ २०७७, सोमबार

विराटनगर, १२ माघ । नयाँ कार्यसमितिका लागि आगामी फागुन १५ गते हुने उच्च अदालत बार एसोसिएसन विराटनगरको निर्वाचनका लागि निर्वाचन समिति गठन गरिएको छ ।

उच्च अदालत बार एसोसिएसन विराटनगरको माघ ९ गते सम्पन्न बैठकले निर्वाचनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो । निर्वाचन समितिको संयोजकमा अधिवक्ता कुमार भट्टराईलाई तोकिएको छ भने सदस्यहरुमा अधिवक्ताहरु बद्री शर्मा गौतम र विष्णुप्रसाद आचार्य रहेको उच्च अदालत बार एसोसिएसन विराटनगरका सचिव डा. डा. मेदनीप्रसाद सेडाईले जानकारी दिए ।

उच्च अदालत बार एसोसिएसन विराटनगरले नयाँ कार्यसमितिका लागि निर्वाचन सम्पन्न गरि सहयोग गरिदिन समितिलाई आग्रह समेत गरेको छ ।