Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

प्रतिगामी तत्त्वले संसद पुनर्स्थापनाको माग गरिरहेका छन् : गृहमन्त्री थापा

2021-01-25 05-01 | Hamro Biratnagar                  


A+ A A-

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्नेहरु प्रतिगामी तत्व भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सोमबार कालिकोटमा गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अहिले संसद पुनर्स्थापना नहुने र त्यसको माग गर्ने प्रतिगामी तत्व भएको बताएका हुन् ।

संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने स्पष्ट कानुनी व्यवस्था गरिएकाले प्रधानमन्त्रीलाई काम गर्ने नदिएपछि संसद विघटन गरेर क्रान्तिकारी कदम चालिएको उनको भनाइ छ ।

‘यो क्रान्तिकारी कदम हो । संसद पुनर्स्थापना हुने सम्भावना छैन,’ उनले भने, ‘विघटित संसद पुनर्स्थापना गरे राजतन्त्रको पुनर्स्थापना हुन्छ ।’ गृहमन्त्री थापाले ताजा जनादेशका लागि निर्वाचनको घोषणा भइसकेकाले  त्यसका लागि तयार हुन सबै राजनीतिक दललाई आग्रह गरे ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय