Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

नेपाल वैश्य युवा संघद्वारा विभिन्न व्यक्तित्वलाई सम्मान

2021-01-26 11-01 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १३ माघ । नेपाल वैश्य युवा संघले सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मानका साथै बनभोज कार्यक्रम समेत गरेको छ । नेपाल वैश्य युवा संघले चार चरणमा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई सम्मान गरेको हो ।

पहिलो चरणमासंघले जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्का, बालबालिका तथा महिला अनुसन्धान विभाग प्रमुख एन्जिला राई लाई सम्मान गरेको छ ।

त्यसैगरी दोस्रो चरणमा विराटनगरका पत्रकार मिनकुमार नवोदित, शंकर खरेल, नवीन कर्ण र तारा आचार्यलाई सम्मान गरेको हो । त्यस्तै तेस्रो चरणमा सामाजिक अभियान चलाउदै आएका सामाजिक अभियन्ताहरु (निशुल्क खाना खुवाउनु देखि न्यानो लुगा बितरण तर्फबाट हाम्रो अभियान टिम बिराटनगर), सेनिटाइजर तर्फबाट सुशील रिजा, जेष्ठ नागरिकलाई सेवा प्रदान गर्दै आइरहेका बिराटेश्वर बृद्राश्रमाका सस्थापक जगत प्रसाद अर्याल, सामाजिक गतिविधिमा सक्रिय युवा अभियन्ता पेसिश सुवेदी, कोरोना भाइरस संक्रमणका कारण छटपटाइ रहेका संक्रमितहरुलाई अक्सिजन दिदै आइरहेका अरुण न्यौपानेलाई सम्मान गरिएको नेपाल वैश्य युवा संघले जनाएको छ ।

त्यसैगरी चौथो चरणमा संघलाई चौतर्फी सहयोग गरि हौसला प्रदान गर्ने सल्लाहकारहरु राजेश गुप्ता, सियाराम रौनियार, पवनकुमार साह, शिवनारायण गुप्ता, गौरी भगतलगायतलाई पनि सम्मान गरेको हो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय