कटहरीमा नेकपा प्रचण्ड समुहको युवा संघ गाउँ कमिटी गठन

१३ माघ २०७७, मंगलवार

विराटनगर, १३ माघ । नेकपा प्रचण्ड समुहले मोरङको कटहरीमा राष्ट्रिय युवा संघ गाउँ कमिटी गठन गरेको छ । कटहरीमा आयोजित भेलाले दिपेश कामतको अध्यक्षतामा १ सय ५१ सदस्यीय गाउँ कमिटी गठन गरेको हो । कमिटीको सहसंयोजकमा प्रविण राई, दिपेन्द्र ऋषिदेश, मुन्ना राजवंशी, र मो. रमजान सहित १५१ सदस्यीय राष्ट्रिय युव संघ संघर्ष समिती गठन भएको नेकपा प्रदेश कमिटी सदस्य मृत्युञ्जयकुमार झाले जानकारी दिए ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरि दर्जनौ युवाहरु प्रचण्ड समुहको पार्टीमा प्रबेस गरेका छन । नवगठित कमिटलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का पूर्वमन्त्री जिवन घिमिरे, विघटित प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, प्रदेश कमिटी सदस्य मृत्युन्जय कुमार झा, जिल्ला सदस्य सुभाषकुमार सरदार लागायत नबप्रबेसी युवाहरुलाइ स्वागत गरेका थिए ।