Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

नेकपा विभाजनको असर सामुदायिक वनको उपभोक्ता समिति गठनमा पनि

2021-01-26 12-01 | Hamro Biratnagar                  

A+ A A-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर सामुदायिक वन उपभोक्ता समिति गठनमा पनि देखिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ को रामजानकी सामुदायिक वन उपभोक्ता समितिको निर्वाचनमा नेकपा विभाजनको असर देखिएको हो ।

उपभोक्ता समितिको निर्वाचनमा नेकपाको प्रचण्ड–नेपाल समूह छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएको छ भने नेकपा ओली समूह, कांग्रेस र राप्रपाले संयुक्त  प्यानल बनाएका छन् ।

१३ सदस्यीय वन उपभोक्ता समितिमा प्रचण्ड–नेपाल समूहबाट ममता कार्की अध्यक्षको उम्मेदवार बनेकी छिन् भने नेकपा ओली समूह, कांग्रेस र राप्रपाले जगतबहादुर भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएका छन् ।

प्रचण्ड–नेपाल प्यानलले मन्दिर चुनाव चिन्ह रोजेको र नेकपा ओली समूह, कांग्रेस, र राप्रपा नेपालको झन्डा चुनाव चिन्ह लिएर चुनावमा उत्रिएका छन् । सामुदायिक वन उपभोक्ता समितिको निर्वाचनमा १५७५ मतदाता रहेका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय