Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

2021-01-26 05-01 | Hamro Biratnagar                  


A+ A A-

पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । न्यायाधीशविरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै अधिवक्ता राजाराम घिमिरेले पूर्वसभामुख ढुंगानाविरुद्ध मंगलबार सर्वोच्च अदालतको अवहेलना मुद्दा दर्ता गरेका हुन् ।

पूर्वसभामुख ढुंगानाले केही दिनअघि अदालतले शत प्रतिशत संसद ब्यूँताउनुपर्छ, सडकबाट न्यायाधीश तान्ने दिन आउनसक्छ भन्ने टिप्पणी गरेका थिए । यसअघि मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय