Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

ट्याक्टरबाट लडेर दुई जनाको मृत्यु

2021-01-27 01-01 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १४ माघ । उदयपुर कटारी–४ का ५ बर्षीय बालक अमिर तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । मंगलबार कटारी–४ स्थित भित्री सडक खण्डमा स १ त ६८२२ नम्बरको ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका अमिरलाई उपचारार्थ लादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्ययसैगरी मंगलबार ताप्लेजुङ पाथिभरा याङबरक–५ स्थितमा ट्याक्टर दुर्घटना हुदा सहचालकको मृत्यु भएको छ । को २ त ७७६१ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुदा सोही ट्याक्टरका सहचालक पाथिभरा याङबरक(५ का १९ बर्षीय मनिष योङहाङको मृत्यु भएको हो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय