विराटनगरमा प्रबुद्ध नागरिक समाजले भन्यो ‘विधिको शासन हुनुपर्छ’

१४ माघ २०७७, बुधबार

विराटनगर,१४ माघ । लोकतन्त्रमा व्यक्ति ठूलो नभै विधिको शासनको अनुशरण हुनुपर्ने आज विराटनगरमा आयोजित खुल्ला पत्रकार सम्मेलन एवं अन्तरक्रियामा वक्ताहरुले बताएइका छन् । प्रबुद्ध नागरिक समाज विराटनगरद्वारा जनआन्दोलन चोकमा आयोजित खुल्ला पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रममा उनीहरुले जनताको अभिमत स्विकार गरी संसद पुनस्र्थापना गर्नुपर्नेमा जोड दिए ।

समाजका संयोजक प्रा कृष्ण पोखरेलले विघटनबाट लिकवाट हटेको संसदीय व्यवस्थालाई ठिक ठाउँमा ल्याउन सडक आन्दोलन आजको आवश्यक्ता भएको दावी गरे । अधिवक्ता मेदिनी सेढाई, अर्थशास्त्री प्राडा प्रमोदकुमार झाले संसद विघटन कार्यलाई सच्चाउनका लागि नागरिक समाज सडकमा उत्रन बाध्य भएको विचार व्यक्त गरे ।

समाजले सडक आन्दोलनलाई अझ सशक्त ढङ्गले परिचालन गर्न प्राध्यापक, बुद्धिजीवी अधिवक्तामानवअधिकारकर्मी र सञ्चारकर्मीहरु रहेको ११० सदस्यीय समिति गठन गरेको छ ।