Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

आजदेखि स्वस्थानी व्रत सुरु

2021-01-28 11-01 | Hamro Biratnagar                  

A+ A A-

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु भएको छ । व्रत माघ शुक्ल पूर्णिमासम्म चल्ने छ । आजदेखि माघ स्नान गर्ने र घरमा सात्विक भावले भक्तिपूर्वक श्रीस्वस्थानीको पूजा आराधना गरी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रतकै सन्दर्भमा विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ ।

महिनाभरि स्नान तथा मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेमापुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास छ । सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी विष्णुको सल्लाहअनुसार निराहार व्रत गर्दा उनकाे मनोकाङ्क्षा पूरा भएको र पछि उनले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गरेकाले परम्परागत रूपमा यो कथा प्रारम्भ भएकाे मानिन्छ ।घरपरिवारको सुस्वास्थ्य र सुख शान्तिको कामना गर्दै काठमाडाैंकाे शालीनदीमा महिलासँगै पुरुषसमेत व्रत बस्ने चलन छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय