Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

निर्वाचन आयोगले नेकपाको ओली र प्रचण्ड समूहलाई छलफलका लागि बोलायो

2021-01-28 02-01 | Hamro Biratnagar                  

A+ A A-

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहलाई छलफलका लागि बोलाएको छ । आयोगले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहलाई निर्वाचनसम्बन्धी छलफलका लागि बोलाएको हो ।

आयोगले बिहीबार ओली र प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखेर शुक्रबार बिहान ११ बजे आयोगमा छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका पाँच–पाँच जनालाई बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले आयोगले अहिलेसम्म गरेको निर्वाचन तयारीका विषयमा छलफल गर्न दुवै समूहलाई बोलाइएको बताए । उनका अनुसार आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि सूचना प्रकाशन गर्ने समय आएकाले यसबारे पनि छलफल हुनेछ । निर्वाचनसम्बन्धी कानुन र निर्वाचन तयारीबारे पनि छलफल हुने उनले बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय