ढुलमुले प्रबृत्तिका कारण अहिलेको अवस्था सृजनाः उपप्रधानमन्त्री पोखरेल

१५ माघ २०७७, बिहीबार

विराटनगर, १५ माघ । नेपाल सरकारका उप प्रधानमन्त्री इश्वर पोखरेलले प्रचण्डको ढुलमुले प्रवृतिका कारण पछिल्लो घटनाक्रम सृजना हुन पुगेको बताएका छन् । सुनसरीको दुहवीमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधान मंत्री पोखरेलले प्रचण्डकै कारण मुलुकले सोचे अनुरुपको प्रगति हात पार्न नसकेको बताए ।

एकातिर सहमती गरी अर्को तिर कुद्ने प्रचण्डको स्वभावलाई पोखरेलले ढुलमुले प्रवृति भनेका छन् । पोखरेलले प्रचण्ड उपर पार्टी भित्र संगसंगै अघि बढ्ने अनुरुप गरिएका सहमतीको विपक्षमा गई स्वार्थ लिप्तामा लागेको आरोप समेत लगाए । प्रधानमन्त्रीलाई घेरामा हाली आफु सर्वेसर्वा बन्न खोज्दा मुलुक खाडलमा जाकिने भएकाले प्रधानमंत्रीले बाध्य भएर पछिल्लो कदम चाल्नु परेको पोखरेलको तर्क थियो ।

सम्बोधनको क्रममा उप प्रधानमन्त्री पोखरेलले प्रचण्ड र माधव पक्ष ताजा जनादेशमा जान डराएको उल्लेख गरेका छन् । सो कार्यक्रमलाई प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले समेत सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा मुख्यमंत्री राईले आफु विरुद्ध प्रदेश सरकारमा पेश भएको अविश्वासको प्रस्ताव सामना गर्न तयार रहेको बताए ।

मुख्यमन्त्रीले भीम आचार्यको कुनैपनि तिकडमले काम नगर्ने भन्दै आफु विरुद्धको अविश्वास प्रस्ताव पास हुन नसक्ने दावी गरे । सुनसरीको दुहवी रंगशालामा आयोजना गरिएको जिल्ला स्तरीय कार्यकर्ता भेलामा प्रचण्ड माधव पक्षका नाम चलेका नेताहरु ओली गुटमा प्रवेश गरेका थिए ।