Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

चार पूर्वप्रधानन्यायाधीशलाई सर्वोच्चको आदेश- लिखित जवाफसहित सात दिनभित्र आफैँ उपस्थित हुनू

2021-01-28 07-01 | Hamro Biratnagar                  

A+ A A-

सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफसहित अदालतमा आफैँ उपस्थित हुन चार जना पूर्वप्रधानन्यायाधीशहरुलाई आदेश दिएको छ ।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफसहित सात दिनभित्र आफैँ अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

अधिवक्ता धनजित बस्नेत र लोचन भट्टराईले पूर्वप्रधानन्यायाधीहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अवहेलना मुद्दामा निवेदकको माग बमोजित किन कारबाही हुनु नपर्ने हो  ? म्याद प्राप्त भएको मितिले सात दिनभित्र लिखित जवाफसहित आफैँ अदालतमा हाजिर हुन भनेको हो ।

२४ पुसमा संयुक्त विज्ञप्ति निकालेर चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी गरेर विरोध गरेका थिए ।

रिट निवेदकले पूर्वप्रधानन्याधीशहरुले अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरेर स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेकाले न्याय प्रशासन ऐन २०७३ को दफा १७ को उपदफा ४ बमोजिम हदैसम्मको सजायको माग गरेका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय