Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

लकडाउनका बेला यात्रा गरेको भन्दै बेलायती प्रधानमन्त्रीको आलोचना

2021-01-28 08-01 | Hamro Biratnagar                  

A+ A A-

एजेन्सी, १५ माघ-लकडाउनका बेलामा यात्रा गरेको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको आलोचना भएको छ । उनले लकडाउनका बेला स्कटल्याण्डको भ्रमण गरेर कोभिड–१९ नियन्त्रणका लागि बनाइएको कानुनको उल्लङ्घन गरेको भन्दै आलोचना भएको हो ।

कोरोना भाइरसको महामारी थप फैलिँदै गएपछि बेलायतमा अहिले देशभरी नै लकडाउन लागू गरिएको छ । लकडाउन लागू भएका बेला यात्रा गरेर उनले नियम उल्लङ्घन गरेको धेरैको टिप्पणी छ ।

विश्वमै सवैभन्दा पहिला कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको बेलायतमा अहिले पनि दैनिक हजारौ सङ्क्रमित भएका छन् भने सयौँको मृत्यु भइरहेको छ ।

आलोचकहरुले कडा लकडाउनको बेलामा प्रधानमन्त्री जोनसनले राजनीतिक शक्तिको दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् ।

स्कटल्याण्डका मुख्यमन्त्री निकोलस स्टुर्गेनले पनि प्रधानमन्त्री जोनसनको भ्रमण अत्यावश्यक नभएको बताएका छन् । स्टुर्गेनले दिएको अभिव्यक्तिका कारण पनि प्रधानमन्त्री जोनसनको भ्रमणको आलोचनाले चर्चा पाएको हो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय