Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

नेकपा प्रचण्ड समुहद्वारा विराटनगरमा मशाल जुलुस प्रदर्शन, प्रहरीले गर्यो हस्तक्षेप

2021-01-28 09-01 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समूहले आज बिराटनगरमा संसद विघटनको विरोधमा मसाल जुलुस प्रर्दशन गरेको छ । विघठित प्रतिनिधि सभाका सांसद शिबकुमार मणडलको नेतृत्वमा निकालीएको मसाल जुलसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

जुलुसपछिको विरोध सभामा मण्डलले प्रतिगमनका बिरुद्धमा गरिएको आन्दोलनलाई प्रहरीले हस्तक्षेप गर्नु अत्यन्तै निन्दीय रहेको बताए । उनले बैशाख १७ र २७ गते हुने भनिएको संघीय निर्वाचन नमान्ने समेत बताए । विराटनगरस्थित संसारीमाई स्थानबाट सुरु भएको मसाल जुलुस जलजलामोड सम्म पुगेको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय