मनमोहनमा दिगो विकासका लागि सम्मानित रोजगारी परियोजना अन्तर्गत शिप विकास तालिम सुरु

१५ माघ २०७७, बिहीबार

विराटनगर, १५ माघ । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्युटमा वेरोजार युवाहरुलाई उद्यमी बनाउन २४ महिने तालिम सुरु भएको छ । नेपाल सरकार र स्वीस सरकारबीच भएको सम्झौँता अनुसार दिगो विकासका लागि सम्मानित रोजगारी परियोजना अन्तर्गत उक्त तालिम सुरु भएको हो । बेरोजगार युवाहरुलाई स्वारोजगार तथा उद्यमी बनाउन रोजगारसहितको तालिम सुरु भएको थत मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्युटका प्रवक्ता सत्यनारायण चौधरीले जानकारी दिए ।

दिगो तथा सम्मानित रोजगार गर्ने उद्देश्य सहित युवाहरुबीच शिप तथा आम्दानीको श्रोत सृजना गर्ने परियोजनाको मुख्य काम हो । २४ महिनासम्म अध्ययनसँगै व्यवहारिकरुपमा विभिन्न सरकारी, निजि क्षेत्रमामा समावेशगरि युवाहरुलाई शिप सिकाइने प्रवक्ता चौधरीले बताए ।

उनका अनुसार एक कार्यक्रमका बिच पोलिटेक्निकमा सो परियोजनाको सुरुवात भएको हो । कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका प्रमुख डा.सुवाषश्री पोखरेल, तालिम प्रमुख सुदिप अधिकारी, मनमोहन स्मृती पोलिटेक्निकका प्रशासन प्रमुख मदन श्रेष्ठ, इलेक्ट्रिकल विभाग कोअर्डीनेटर रामकुमार यादव, सिटिइभिटिका अनुगमन अधिकृत अनिल कुमार तवदार, परियोजना अधिकृत घनश्याम लिम्बु, मनमोहन स्मृती पोलिटेक्निकका लेखा अधिकृत सुजन भुर्तेल, इन्जिनियर विनोद घिमिरे, इन्जीनियर गोपाल सापकोटा, रोजगार अधिकृत प्रकृति भट्टराई लगायतको उपस्थिती रहेको थियो ।