Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

असन अन्‍नपूर्ण नारायण मन्दिरमा पहिलो पटक महिला पूजारी नियुक्त

2021-01-28 11-01 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौंको असनमा रहेको श्री असन अन्‍नपूर्ण नारायण मन्दिरमा पहिलो पटक महिला पूजारी नियुक्त गरिएको छ । गुठी संस्थानले अन्‍नपूर्ण नारायण मन्दिरको पूजारीमा सहनशीला शर्मा झालाई नियुक्त गरेको हो ।

एक वर्ष परीक्षणकालसहित पाँच वर्षका लागि लगत दरबन्दीअनुसारको नित्य र पर्वपूजाबातपको खर्च पाउने गरी उनलाई पूजारी पदमा नियुक्त गरिएको गुठी संस्थान शाखा कार्यालय कालमोचन काठमाडौंका कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जारीको पत्रमा उल्लेख छ ।

पहिलो पटक महिला पूजारीको रूपमा आफू नियुक्त भएपछि सहनशीलाले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै सधैँ छोरालाई मात्र अधिकार दिने परम्परालाई जितेको बताएकी छन् ।

'कुनै पनि महिलालाई पुजारी नियुक्त गर्ने नियम गुठी संस्थानमा रहेनछ । तर मैले उहाँहरू किन हुँदैन त भन्ने प्रश्न राख्दा महिला पूजारी हुन मिल्दैन भन्ने जवाफ पाएँ । तर पनि प्रयास गरिरहेँ र आज नियुक्तिपत्र पनि पाएँ । पुर्खाले गर्दै आएको पूजाआजा परम्परामा सधैँ छोरालाई मात्र अधिकार दिइन्थ्यो आज मैले यो परम्परालाई जितेँ । मेरो पुर्खा पक्कै पनि खुसी छन् होला ।'


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय