Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

लकडाउनदेखि शिल गरिएका विराटनगर सहित ३० सीमा नाका खुला

2021-01-29 09-01 | Hamro Biratnagar                  

A+ A A-

नेपालीले निर्बाध आवागमन गर्न पाउने, विदेशीलाई सर्तसहित अनुमति .. 

गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको हो ।

काठमाडौ, १६ माघ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिम न्युनिकरण गर्न गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनसँगै बन्द रहेका सीमा नाका खुल्ला भएका छन् । विराटनगरस्थित रानी भन्सार नाकासँगै देशभरका ३० वटा नाका खुला गरिएको हो । लकडाउनसँगै बन्द गरिएका उत्तर र दक्षिण तर्फका ३० वटा नाकालाई सरकारले खुला गरेको हो ।

मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन निर्देशन दिएको हो । यसअघि १४ नाका खोलिएकामा माघ ११ गतेको मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको हो । भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपातीका लागि समेत सहजै ओहोरदोहोर गर्न नपाएको गुनासो गर्दै आएका थिए । सीमा नाका खुला गर्न माग गर्दै विभिन्न सीमा नाकामा स्थानीयले आन्दोलन समेत सुरु गरेका थिए ।

गत चैत १० देखि नेपाल–भारत सीमा नाका सिल गरिएकामा भारततर्फका १३ र चीनतर्फको एक नाका गत साउन २६ मा खुला गरिएको थियो । नाका खोलिएको समिक्षापछि थप १६ वटा नाका खुलाउने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले गृहले खुला गरिएका सबै नाकाबाट हुने आवागमनको जनस्वास्थ्यसहित अभिलेख राख्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

Ekantipur

गृहको निर्देशनसँगै इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, खजुरगाछी, मोरङको रानी , सिरहाको माडर, रौतहटको गौर, बंकुल, पर्साको वीरगञ्ज, रसुवाको रसुवागढी, कपिलवस्तुको कृष्णनगर, रुपन्देहिको बेलहिया, तौलिहवा, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाकाृ खलंगारपुलाघाट, बैतडीको झुलाघाट, सुनसरीको भन्टाबारी नाका खुला भएको हो ।

त्यसैगरी सप्तरीको कुनौली, धनुषाको जटही, इनर्वा, महोत्तरीको भिट्टामोड, सर्लाहीको मलंगवा, बाराको मटिअर्वा, सिम्रौनगढ, पूवी नवलपरासीको त्रिवेणी, पश्चिम नवलपरासीकाृ महेशपुर, दाङको कोइलाबास, बर्दियाको सुरजपुर र सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले गृहमन्त्रालयको सर्कुलरबारे पुष्टि गरे । ‘सीमा नाका खुला गर्ने सर्कुलर पनि भएको हो तर पुरै खुल्ला पनि होइन । ७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आवागमन गर्न पाउने हो । पहिले शिल गरे जस्तो अलिक होइन अलिक खुल्ला हो ।’ उनले हाम्रो विराटनगरसँग भने,‘नेपाली भारत जाँदाको नियमन उसले गर्ने हो । यता आउँदाखेरीको हामीले नियमन गछौँ । सरकारले यति निर्णय गरेपछि उता जान हामी दिन्छौँ तर यताबाट जानेलाई भारतले कसरी नियमन गर्छ उताको पाटो हो ।’

अन्य सीमा नाकाहरुका सम्बन्धमा आवश्यकता र औचित्यका आधारमा निर्णय हुँदै जाने गृह मन्त्रालयले जनाएको छ । -Ekantipur


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय